• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

परम्परागत उपाकु मार्ग खोल्ने सहमति

Fm Radio Link

काठमाडौं, धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ । हिजो बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी भएको हो ।

 

सोही समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भइसकेको छ । उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा रहनेछ । उपाकु हिँड्ने मानिसहरु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने सहमति भएको जानकारी दिनुभयो ।

 

धरहरा पुनर्निर्माण कार्य हेरिरहनु भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका बरिष्ठ विज्ञ राजुमान मानन्धरले भदौ २१ गतेसम्म अस्थायी मार्ग तयार हुने जानकारी दिनुभयो ।

 

उपाकु हिंड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिँड्न मिल्ने बनाउने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । त्यसैगरी, खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको छ । 

प्रतिकृया दिनुहोस