• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

दाङको देउखुरीमा दुर्घटना, दुई जनाको मृत्यु

Fm Radio Link

काठमाडौं, दाङको देउखुरीमा गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुबाङ सडकखण्डको पिपरीमा मोटरसाइकल एक आपसमा ठोक्किँए लगत्तै ट्रकले ठक्कर दिँदा दुई मृत्यु भएको हो ।

 

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन । लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा रहेका घोराही उपमहानगरपालिका–१५ बस्ने २६ वर्षीका बालकृष्ण भण्डारी र लमही नगरपालिका– ४ का २७ बर्षका विनायक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पु¥याएलगत्तै उनीहरुलाई मृत घोषित गरिएको थियो ।  

प्रतिकृया दिनुहोस