• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

देशैभरी मेघ गर्जन र चट्याङसहितको वर्षा हुने

Fm Radio Link

काठमाडौं, आज सामान्यतया देशभर मौसम बदली रहने भएको छ । आज दिउँसो देशभरी सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

 

पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ भने मध्य र पश्चिमका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

 

हाल देशका धेरै जसो भू भागहरुमा सामान्य बदली भई पूर्व र मध्यका धेरै भू भागहरुमा र पश्चिमका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

प्रतिकृया दिनुहोस