• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

जीवन उपयोगी शिक्षामा जोड दिन आग्रह

Fm Radio Link

काठमाडौं, प्रतिनिधी सभाको शिक्षा र स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिले जीवन उपयोगी शिक्षामा जोड दिन सबैलाई आग्रह गर्नुभएको छ । ललितपुरमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनको समापन कार्यक्रमको सम्बोधन गर्र्दै उहाँले विद्यार्थीलाई जीवन बुझाउने शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो ।

 

रातोबंगला फाउन्डेनको आयोजना तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा ७ गतेदेखि सुरु भएको सम्मेलन हिजो सम्पन्न भएको हो । गुणस्तरीय शिक्षाको लागि काठमाण्डौं प्रतिवद्धता र सिफारिस पत्र जारी गर्दै सम्मेलनको समापन गरियो ।

 

सम्मेलनमा ५५ जिल्लाको विभिन्न सामुदायिक विद्यालयका तीन सय शिक्षकको सहभागिता रहेको थियो । सम्मेलनमा सिङ्गापुर, संयुक्तराज्य अमेरिका, भारत, चीन र बङ्गलादेशका विज्ञका साथै शिक्षाका सरोकारवाला व्यक्तिको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस