• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

नेपालका अस्पतालको सेवा सुदृढ हुँदै गएको उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवको भनाइ

Fm Radio Link

काठमाडौं, उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अब धेरै रोगको उपचारका लागि विदेश जानु नपर्ने बताउनुभएको छ ।  प्रतिनिधिसभामा आज सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताउनुभएको हो ।

 

नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएको मन्त्री यादवको दाबी थियो । विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका पनि मन्त्री यादबको दाबी थियो ।

 

क्यान्सरको उपचारमा पनि नेपालको उपचार राम्रो रहेको र धेरै विरामी विदेशबाट आउने गरेको उहाँले बताउनुभयो ।  मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार विश्वस्तरको रहेको र सफल उपचार भइरहेको उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले बताउनुभयो ।

 

सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले निजी अस्पतालमा काम गर्ने स्थिति अन्त्य गर्नुपर्ने पनि उहाँको भनाइ थियो ।

प्रतिकृया दिनुहोस