• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

भण्डारीको शव आफन्तले बुझे,अस्पतालले उपचार खर्च  र क्रिया खर्च बेहोर्ने 

Fm Radio Link

धनगढी, ३ भदौ – कैलालीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ५३ वर्षीय मदनसिंह भण्डारीको शव आफन्तले बुझेका छन् । अस्पताल प्रशासन र मृतकका आफन्तका बिच मृतकको उपचार खर्च मिनाहा र क्रिया खर्च ब्यहोरने सहमति पछि आफन्तले शव बुझेका हुन । 
मृतकका आफन्तले भण्डारीको हृदयघातका कारण मृत्यु भएको स्विकारेका छन् । यसअघि मृतक भण्डारीको अस्पतालका चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले अस्पताल बाहिर नाराबाजी सहित अस्पताल तोडफोड गरेका थिए ।
सोमवार बिहान ७ बजे पित्तथैलीको अप्रेसनका लागी मृतक भण्डारी अस्पताल भर्ना भएका थिए । उनको दिउँसो २ बजे पित्तथैलीको अप्रेसन गरिएको थियो । राती १० बजे स्वास्थ्यमा एकाएक समस्या आएपछि ११ बजेतिर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस