• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

मेडिकल क्षेत्रमा पनि अस्वस्थ प्रतिष्पर्धा, ननमेडिकल पर्सनले पनि मेडिकल खोल्छन् ।

Fm Radio Link

पोखरा, मेडिकल क्षेत्र आफैमा ज्यादै सम्वेदनशील छ । अन्य क्षेत्रको भन्दा यो क्षेत्रको कार्यशैली पनि निकै फरक रहेको छ । तथापि नेपालको सन्दर्भमा हाल आएर यो क्षेत्र अत्यन्तै बद्नाम बन्न पुगेको कुरा विभिन्न सञ्चार माध्यमहरूबाट पनि पुष्टि हुँदै गएको देखिन्छ । स्वास्थ्यको क्षेत्रमा पनि एक कमिशन नामको किराले नराम्रोसँग जग बसालेको छ । गुणस्तरको कुरा त परै जाओस् हाल आएर च्याउसरी अव्यवस्थित रुपमा उम्रिएका स्वास्थ्य संस्थाहरूद्वारा गरिने स्वास्थ्य परीक्षण यसका उपज हुन् । मेडिकलको ‘म’ समेतको जानकारी नभएका व्यक्तिहरूले हाल आएर कमिशनकै भरमा सञ्चालन गरेका मेडिकलहरू यसका तत्वहरू हुन् 


केही मेडिकल सेन्टहरूको लापर्वाहीको कारणले गर्दा यो क्षेत्रमा धेरै विकृतिहरू बढ्दै गईरहेको छ । जहाँ एकजना ल्याव असिस्टेन्टको भरमा र एकजना स्टाफको भरमा मेडिकल सञ्चालन भइरहेका छन् । जब अनुगमन (चेकिङ्ग) हुन लाग्छ तब भाडामा सामान ल्याईन्छ, कार्यालयका कर्मचारीहरू पनि भाडामा नै केही दिनका लागि व्यवस्था गरिन्छ र चेकिङ्ग सकिएपछि सबै फिर्ता हुने ‘हिडन’ प्रवृत्ति बाहिर आउन सकेको छैन । अनुगमनको नाममा जानेहरू समेत आर्थिक प्रलोभनमा पर्ने गरेको कैयन उदाहरणहरु यस क्षत्रमा छन् । आखिर यो सबै किन ? यो सबै कुराहरूको कारण स्वास्थ्य परीक्षणजस्तो पवित्र तथा सम्वेदनशील क्षेत्रमा गैह्रमेडिकल व्यक्तिहरूको प्रवेश, राजनीतिक तत्वहरूको घुसपैठ र मोटो रकमको कमिशनको चलखेल नै हो । यो सम्पूर्ण बेथितीहरूलाई व्यवस्थित गराउने हो भने नेपालमा एउटा यस्तो प्रणाली (सिस्टम)को जरुरी छ जसले उल्लेखित कुरालाई व्यवस्थित बनाउन सकोस् । सरकार यस्ता बेथितीहरूलाई देख्दा–देख्दैपनि मौन बस्यो भने स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रमा बद्नाम हुनुका साथै यो क्षेत्रनै धरासायी हुने पक्कापक्की भएको छ । पेसा र व्यवसायलाई दीर्घकालिन रुपमा टिकाईराख्ने हो भने यो क्षेत्रमा कमिशन प्रथाको अन्त्य भई स्वस्थ प्रतिस्पर्धाको विकास वा संस्कार बस्न जरुरी छ । यसैविषयमा पोखरा नयाँबजारमा रहेको विभुती फार्मेसीका सञ्चालक केदार अधिकारीसँग गरिएको कुराकानी ।


१. मेडिकल केहिले देखि सञ्चालनमा ल्याउनुभयो ?
यो सञ्चालन भएको लगभग २०६६ साल तिर हो । ११ वर्ष भयो ।


२. विभुती फार्मेसीका विशेषताहरु के के छन् ?
नर्मल किसिमका समस्याहरु, प्यारामेडिसले हेर्ने उपचारहरुलाई फार्मेसीले हेर्छ । सकेसम्म सामान्य किसमका जनताहरुलाई सामान्य स्वास्थ्य समस्याहरु थोरै उपचारले उनीहरुलाई राहत होस्, सञ्चो होस्, ठूलो खर्च गर्न नपरोस् भन्ने उद्देश्यका साथ फार्मेसीले काम गर्छ ।


३. कस्तो समस्या भएकाहरु बढी आउँछन् ?
हामीसँग खासमा झाडापखाला, टाइफाइड, निमोनिया, रुघाखोकी, ज्वरो, ग्याष्ट्रिक, सामान्य किसिमका पायल्सहरु, नर्मल किसिमका विरामीहरु आउने गर्छन् ।


४. सेवाग्राहीलाई कसरी सेवा दिनु हुन्छ ?
हामीले प्यारामेडिसले गर्न पर्ने भित्रका क्राइट एरियाभित्रका समस्याहरु हामीले साधान गर्छौ । त्यो भन्दा माथिल्लो समस्या आयो भने र हामीले उपचार गरेर नसक्ने भयो भने डाक्टरलाई बोलाएर उपचार गरिन्छ ।


५. फामेसीको वारेमा भन्नु पर्दा ?
समासमयिक तरिकाले हेर्दा खेरि डाक्टरसँग सामान्य खालको विरामी सिधैँ जाने कुरा हुदैँन । सवैभन्दा पहिले प्याराम्याटिससँगै आउने हो विरामी । प्याराम्याटिससँग आइसकेपछि नर्मल किसिमका उपचारहरु प्यारामेटिसले गर्ने हो । त्यसपछि रिफर केशहरुमा डाक्टरसँग जाने हो । त्यसले गर्दा अहिलेको समसामयिक घटनामा के भइरहेको छ भन्दा विशेषज्ञहरुले आ—आफ्नो घरमा नर्सिङ्ग होमहरु खोल्ने, चोकचोकै हस्पिटलहरु खुल्ने, त्यसले गर्दा सामान्य ट्रिटमेनवाट विरामी सञ्चो हुने भए पनि नर्मल किसिमका रुघाखोकी, झाडापखला, आउमासीको उपचार नर्मल मेडिकल, प्याराम्याटिससँग गर्नुपर्ने हो । ती विरामीहरु मेडिकलप्रति विश्वास नमानेर ठुला हस्पिटल, ठुला डाक्टरसँग जादा खेरी उनीहरुलाई उपचार प्रणाली खर्चिलो भयो । त्यस पछि मेडिकलमा, क्लिनिकमा छिरेर विरामीलाई ओखती खादाखादै डोज पुग्न भन्दा अगाडी नै डाक्टरसँग पुगेपछि यो ओखती खानै नहुने थियो, यो औषधी किन खानुभयो ? अब त्यही जेनेथिक प्रयोग गर्नुहुन्छ तर सर्वसाधारणलाई त थाहा हुदैन् । एउटा जेनेथिकको व्राण्ड नाम निकाल्दा सय, डेढ सय किसिमका नामहरु आउन्छन् । त्यही ओखती दिनुहुन्छ उहाँले, उपचार पद्धती त्यही हो, तर डाक्टरहरुले खानै नहुने, मेडिकलमा छिर्नै नहुने, तपाई किन जानुभयो भन्ने कुरा भयो । त्यसले गर्दा नेपालको परिवेशमा पनि शहर वजार एरिया, काठमाण्डौँ, पोखरा, वुटवलमा जति पनि हस्पिटलले नै हेर्ने हो । त्यो भन्दा वाहिर ९० प्रतिशत जनताले प्यारामेडिसमै उपचार गर्ने हो । प्यारामेडिसमा उपचार नभएपछि बल्ल डाक्टरसँग गइदियो भने जनमानसमा औषधी उपचारमा केही सस्तो हुने थियो ।


६. कति लागतमा सञ्चालन गर्नुभयो फार्मेसी ?
अहिले क्लिनिकल वेसमा खोल्नको लागि स्वास्थ्य क्लिनिक भनिरहेको छ । त्यसमा संघियता भर्खर सुरु हुदाँ न केन्द्रले हेरिरहेको अवस्था, न स्थानियले हेर्छ । त्यसले गर्दा नर्मल खालको फार्मेसीको हिसावले नर्मल उपचार दिइराखिएको छ । कलिकति त्यस्तै डाक्टरको विरामीहरुलाई देखाउन प¥यो भने प्रशासनहरुले डाक्टर राखेर उपचार गर्नु भन्छन््, डाक्टर राखेर उपचार गर्नको लागि स्वास्थ्य क्लिनिक दर्ता गर्नुप¥यो, स्वास्थ्य क्लिनिक दर्ता गर्नलाई झन्झटिलो छ । अब गइसकेपछि २०÷२५ आइटम हस्पिटल खोल्न जस्तो देखाउन भन्नुहुन्छ मागहरु, ती मागहरु पूरा गरेर काम गर्न सक्ने अवस्था छैन्, काम गर्न हामीलाई गाह्रो हुन्छ । नर्मल किसिमवाट डाक्टरलाई देखाम भन्दा प्रशासनले हामीलाई अपठ्यारो पारिरहेको छ । समझदारी समन्वय चाँही नभएको अवस्था छ ।


७. मेडिकलहरु पनि सेवा प्रदायक संस्था नै हो । विजनेस कस्तो चलिरहेको छ ?
सेवा प्रदायक संस्था नै भन्न प¥यो नि अब । प्यारामेडिस भनेको सीएमए पढेको हुन्छ १५ महिने कोर्ष लिएर, १०÷१२ वर्ष अनुभव गरेको हुन्छ । त्यसपछि एचए पनि तीन वर्ष पढ्न पर्ने हुन्छ । सामान्य डिप्लोमा फार्मेसी नपढीकन र पसल दताृ नगरी कन औषधी बेच्न पाइदैन् । लगात खर्चिलो त खर्चिलो छ, झन्झटिलो छ । जति झन्झटिलो अनुसार लागत भएको छ त्यो अनुसारको प्रतिफल कम भैरहेको छ । किन भन्दा ननमेडिकल पर्सनले पनि मेडिकल चलाइरहेको छ । त्यसले गर्दा कम्पिटिसनमा जाँदा सस्तोमा त उसले औषधी दिनुपर्ने हुन्छ । ६ घण्टा ओरेनटेसन गरेकोले पनि प्यारामेडिस भएर काम गरेको छ । ३ वर्ष÷४ वर्ष पढेर पनि प्यारामेडिस जस्तै काम गर्न पर्दा कलिकति क्वालिटीमा फरक त परि नै हाल्छ । नर्मल थोरी लगानी गर्नेको त्यही अनुसारको उपचार हुने भयो । धेरै लगानी गर्न छ तर उनीहरुसँग कम्पिटिसन गर्दा खेरी अस्वस्थ प्रतिष्पर्धा जस्तो भैरहेको छ । एमवीएम पढ्ने मान्छेले सरकारले ३÷४ लाखमा पढाइदियो भने सुलभ तरिकाले जनतालाई सेवा दिने भयो । १ करोड नै खर्च गरेर उसले एमवीएस पढेको छ भने त त्यो काँ वाट उठाउने भन्दा व्यापार जस्तो गरेर उठाउन पर्ने भो । त्यसले गर्दा राज्यले पनि यो कुरामा हेर्दिनु पर्ने हो ।


८. जनतामा जस्तोले पनि मेडिकल खोल्छ, सही उपचार जनताले पाइरहेको छैन् भन्ने आरोप छ नि ?
सही कुरा हो । सम्बन्धित निकायहरुले हेर्दिनु प¥यो अनुगमन गर्दिन प¥यो । प्यारामेडिक्स नभइ किन स्वास्थ्य सम्बन्धि तालिम र पढाइ नलिइकन पनि मान्छेहरुलरे अनुभवका आधारमा, होलसेलमा काम गरेको आधारमा, एमआर भएर डेढ दुई वर्ष काम गरेको आधारमा पनि उनीहरुले क्लिनिकल वेसमा पसलहरु चलाइरहेका छन् । त्यसले गर्दा गुणस्तरिय सेवा उनीहरुले दिन सक्दैनन् ।


९. कुनै मेडिकलहरुले जुन पनि औषधी बेच्ने गर्दा सेवाग्राहीले सास्ती वेहोर्नु परेको छ भनिन्छ नि ?
त्यो पनि सही नै हो । मैले के गर्नु पर्छ भन्ने उत्तरदायित्व त हुन प¥यो नि ! विरामी आइ हाल्यो के रे मैले पनि औषधी दिएर सञ्चो बनाउछु भन्ने तरिकावाटै मान्छेहरु गइराखेका छन् । मैले कुन सम्म केशलाई हेर्ने हो, कुन सम्म केशलाई रिफर गर्ने हो भन्ने कुरै सिस्टम भएन । सिस्टम नहुदा खेरी यी समस्या आइराखेको हो । किनभन्दा सरकारी तवरवाट हेर्नपर्ने निकायले पनि त्यो कुरा हेर्दिएको छैन् । र जुन पसल गर्ने मान्छेले मेरो उत्तर दायित्व के हो ? मैले कति सम्मको विरामीलाई उपचार गर्न पर्छ ? मेरो सिप र मेरो योग्यता अनुसार कति काम गर्नुपर्छ ?भन्ने कुरा पनि त छैन्् नि अहिले । त्यसले गर्दा विरामी आइ हाल्यो व्यापार गरि हालम भन्ने सिस्टम छ । यो अस्वस्थ प्रतिष्पर्धा भयो, यो कमाइ खाने भाडो भयो, सेवा अर्थ छैन् ।


१० मेडिकल लाइनमा के के समस्याहरु छन् ?
के छ भन्दा औषधीहरु आज भन्दा २० वर्ष अगाडी औषधी सोध्दा साइनेक्स वेच्दा ५० रुपैयामा आउथ्यो, त्यसवाट हामीले १० प्रतिशत लिन पथ्र्यो । अहिले त्यो रेट घटेर ३० रुपैँया बसेको छ । त्यसमा पनि हामीलाई १०÷१५ प्रतिशत नै हो आउने हो । तर नाफा कहाँ रै छ त नि ? कम्पनीमा नाफा रै छ । कम्पनीसँग डाइरेक्ट नाफा गर्दा सरकारी मान्छेहरुले नाफा खाएर काम गरिरहेका रैछन् । हामीले किन्न पर्ने सागको मुठालाई १० वर्ष अगाडी १० रुपैँया थियो अहिले सय रुपैँया पुग्यो, हामीले साइनेक्स् वेच्दा खेरी ५० रुपैँयामा वेच्नु पथ्र्यो अहिले ३० मा वेच्दा पनि यो आइराख्दो रै छ । औषधीको विषयमा त्यो कहाँवाट चुहावट हुदो रैछ, कमाउने मान्छेहरुले कमाउने धन्दा कसरी गरेका रैछन् भन्ने कुरा एउटा सरकारपक्ष, डिडिए पक्ष, औषधी कम्पनी, खुद्रा व्यवसायी भनेर समस्या समाधान गर्नुपर्ने हुन्छ । अब सबै मुल्य समायोजन गर्ने भनिराखेको छ । २२ थरी, २५ थरी औषधी अहिले सय थरी पुगेको छ ।त्यसमा मुल्य समायोजन भित्र गरिएका औषधी समायोजन गरेर आइरहेको छ । वाहिर कस्तो छ भन्दा एउटै कम्पनीका औषधी डेढ सय पर्ने छ, केहीले वोनस वाडिरहेको हुन्छ त्यो गुणस्सतरहीन छ । त्यही औषधी राम्रो कम्पनीको व्राण्ड आयो भने सय रुपैँयामा पनि आउँछ । वेच्नुपर्ने मान्छेले व्यापार गर्नुप¥यो, उसको भाडा पनि तिर्न प¥यो, घरवेटीले भाडा कति राख्छ त ? चोकमा गएर एउटा सटर लिन प¥यो भने १० लाख रुपैँया माग्दिन्छ । सरकारी निकायले स्वास्थ्य निकायले उनले भाडा कति तिरेको छ, फर्जु कति तिरेको त्यो पनि एउटा सिस्टममा जान प¥यो । उसले भाडा तिर्ने, स्टाफ राखेर, सिस्टममा गयो भने औषधीलाई सस्तोमा पनि बेच्ने भयो, घरवेटीले मनपरि भाडामा एडभान्स लिइदिन्छ, अरु चिजमा खर्च अत्यधिक बढिरहेको छ, उसले औषधी मात्रै बेच्ने हो भने उसले औषधीवाटै कमाइ खाने भाडो बनाउनुपर्ने वाध्यता भैरहेको छ । त्यसले गर्दा सम्बन्धित निकायले यी कुरा बुझ्नुपर्ने आवश्यकता छ ।


११. मेडिकल फिल्डमा औषधीको कालोवजारी कत्ति भएको आउनुभएको छ ?
कम्पनीले ल्याउनुपर्ने मनिक्युल विदेशवाट ल्याउनुपर्ने हो । कतिपय सरकारी निकायवाटै चलखेल हुन्छ । मन्युक्यल विदेशवाट आउनुपर्ने समयमा आउदैन् । त्यसपछि औषधीहरु बजारमा सटेज हुन्छ । त्यसले गर्दा कहीलेकाँही औषधी सटेज हुने हो । खासै व्यापारीले ल्याएर स्टक गरेर राखेर सटेज गर्ने चाँही हुदैन् । औषधीमा वाहिर किराना पसलमा जस्तो हुदैँन । खासमा मेडिसिनमा त माथिवाटै चलखेल हुन्छ । डिडिए र सरकार, त्यसपछि कम्पनी र कम्पनीलाई मन्युक्यलु बेच्ने संस्थावाटै नै त्यहाँ फोहोर रणनीति चलिरहेको छ । अभावमा औषधी लुकाएर औषधी अभाव सृजना मेडिकलहरुले गर्दैन् । नाकावनदीमा पनि कुनै पनि रेट नबढाएर औषधी वेचियो । नआउने चिजलाई छैन् भन्न प¥यो, आउने चिजलाई पनि स्टक ग¥यो भने औषधीको डेट नै एक्सपायर हुन्छ । अनि कसरी औषधी बेच्ने ?


१२. सरकारी तवरवाट कस्तो अपेक्षा गर्नुहुन्छ ?
यस्तो छ, अब सरकारले जिम्मेवारी लिइसकेपछि जनताको लागि पनि सरकारले जिम्मेवारी लिने हो । स्वास्थ्य मन्त्रालयवाटै माथि वाट सिस्टम बस्दिन प¥यो । माथि स्वास्थ्य मन्त्रालयदेखि लिएर, अञ्चल हस्पिटल देखि लिएर, जिल्ला हस्पिटलदेखि लिएर, पीएसी देखि लिएर, स्वास्थ्य चौकी पहिलाका वर्गमा भए अनुसार अहिले त देश संघीयता गइसकेको छ । संघीयतामा हरेक किसिमको सिस्टमहरु आइरहेको छ । माथिवाटै निकायले हेर्दिनु प¥यो । कुन ठाउँमा चुहावट भइरहेको छ ? मेरो विचारमा त माथि वाटै चलखेल भइरहेको छ । हेरम न अब सरकारले वाडेका अधिकांश औषधीहरु, खोपहरु, जुकाका औषधी एउटा पनि राम्रोसँग अनुगमन गर्ने हो भने राम्रो व्राण्ड औषधी छैन् । किनभने विदेशमा फ्याकिएर राखेका, डम्पिङ्ग गरेर राखेका औषधीहरु अथवा विदेशमा यसले के गर्छ भनेर प्रयोगमा विचार गर्न राखेका औषधीहरु नेपालमा प्रयोग भैरहेको छ । अब हाम्रै वडा क्लिनिकमा अस्ति भर्खर जुकाको औषधी खवाइराखेको हो । बच्चालाई जुका प¥यो की परेन ? हेर्दिनुस् भनेर हामीसँग आउँछन्, आउदाखेरी बच्चालाई जुका परेको भेटिन्छ, दिशामा जुकाका फूलहरु भेटिन्छन् । किन भन्दा २ महिना अगाडी औषधी खाएको छ भने त ६ महिनासम्म कभर गर्ने औषधी हुन्छ । २ महिनामा उसलाई किन जुका प¥यो त नी ? भन्दा औषधीमै गुणस्तर भएन । माथिवाटै दिने औषधीमा त्यसतो छ भने तल्लो स्तरमा त मानिसहरुले जे पनि गर्ने भए । त्यसले गर्दा माथिल्लो निकायवाट जुन जिम्मेवारी निकाय छ, त्यो जिम्मेवार निकायले नै राम्रोसँग अनुगमन गर्दिनपर्ने हुन्छ ।

अन्त्यमा
सुधार आउन प¥यो, जनता ठगिन भएन, गुणस्तर औषधी प्रयोग गर्न पाउन प¥यो । किनभने सस्तो र सुलभ तरिकाले स्वास्थ्य सेवाको पहुँच सवैमा पुग्न प¥यो ।

 

प्रतिकृया दिनुहोस