• २०७६ मङ्सिर ७ शनिबार / Saturday, November 23
Skip Advt.

यसकारण गच्छदार काङ्ग्रेसमा सकिन सक्छन् 

गाउँमा त्यो पहिलो रेडियो थियो । बाबाको लागि दाइले काठमाडौबाट जापनिज  रेडियो ल्याइदिनु भएको थियो

Fm Radio Link

काठमाडौ, गाउँमा त्यो पहिलो रेडियो थियो । बाबाको लागि दाइले काठमाडौबाट जापनिज  रेडियो ल्याइदिनु भएको थियो ।  रेडियो एकदमै बलियो थियो । कहिले काहीँ गाउँका मान्छेहरु रेडियो हेर्न हाम्रो घर आउथे । उहाँहरु रेडियोमा गित सुनेर मख्ख पर्थे । 

 

सानो छ्दा मैले बाबालाई एकदमै सताए, बाबा पनि रक्सी खाएर कहिले काहीँ सताउनु हुन्थ्यो । अनि बदलामा मैले राती संगै सुतिरहेको बेला बाबाको अङ्गुच्छा (धोती) मा पिसाब फेरदिन्थे, तैपनी बाबाले केही पनि भन्नु हुन्न थियो । आमाचाही बिहान बेस्सरी गाली गर्नु हुन्थ्यो ।  पाँच भाइ मध्ये म बाबाको एकदमै प्यारो छोरा थिए ।  ८ कलास पढ्दासम्म बाबासंगै सुत्थे । उहाँ एकदमै समाचार सुन्नु हुन्थ्यो । मलाइ चाहिँ गित सुन्न मन पर्थ्यो । 

 

बाबाछोराको कहिलेकाही यहि कुरामा झगडा पर्थ्यो । बाबाले सम्झाउदै भन्नू हुन्थ्यो  ''छावा समाचार सुन परत देश बिदेश म का का हुइता बुझ परत (छोरा समाचार सुन्नुपर्छ देश बिदेशमा के के भैराछ बुझ्नुपर्छ ।) '' तर मेरो जिद्दीको अगाडी बाबा झुक्नु हुन्थ्यो । 

 

''बदलामा मैले राती संगै सुतिरहेको बेला बाबाको अङ्गुच्छा (धोती) मा पिसाब फेरदिन्थे''

 

अहिले बाबा र दाइ बितेर गएपनी त्यो रेडियो जस्ताको त्यस्तै सुरक्षित छ ।  उहाँले बिपि कोइरालाको नाम धेरै लिनु हुन्थ्यो । सायद बि पि को बिचारबाट निक्कै प्रभावित हुनुहुन्थ्यो होला ।  राजनीति नबुझेपनी धेरै पटक हाम्रो परिवारले काङ्ग्रेसलाई जिताएको इतिहास छ । 

 

२०५४ सालको चुनाबमा दाइले काङ्ग्रेस पार्टीबाट वडा अध्यक्षमा चुनाब जित्नु भयो तर मैले जिन्दगीमा उहाँको भाषण सुनेन । राजनितीक रुपमा हेर्दा मेरो परिवार काङ्ग्रेसको बिल्ला भिरेको परिवार हो तर माओवादीको जनयुद्ध, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन र २०६४/०६५ को थरुहट आन्दोलनले नयाँ युवा पिढिलाइ राजनितीक चेतना खोली दियो । 

 

''आदिवासी जनजाति आन्दोलन र २०६४/०६५ को थरुहट आन्दोलनले नयाँ युवा पिढिलाइ राजनितीक चेतना खोली दियो । ''

 

राजनीतिक मुलधारमा नआए सम्म जातीय मुक्ति सम्भब छैन भन्ने कुरा अहिलेको युवाले राम्ररी बुझेका छन् । आफ्नो पहिचान र जातिय मुक्तिको लागि विभिन्न पहिचान र अस्तित्वसंग जोडिएको दलहरूमा संघर्स गरे तर ठुला दलका ठुला शासकहरुले धेरै वर्ष टिक्न दिएनन् । मुक्ति र पहिचानसंग जोडिएको दललाइ कानुनी रुपमा मेटाएर फेरि आफ्नै पार्टीमा ल्याउने बाध्यत्मक बाटो बनाइदिए ।त्यस्को शिकार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक  पार्टी पनि पर्यो ।

 

''जेहोस गच्छदारले काङ्ग्रेस पार्टीभित्र कालो, नेप्चे ठेप्चेलाई मिसाएर पार्टीको बुट्टा भर्ने प्रयास गर्दैछन् ।''

 

नेपाल लोकतान्त्रिक  र काङ्ग्रेसको एकीकरण पछि पहिलो पटक सानेपामा जिल्ला भरिका महासमिति सदस्यहरुलाई बोलाइयो ।  जिल्लाभरिका काङ्ग्रेसि नेताहरूको जमघटले सानेपाको माहुल निक्कै तातेको थियो । एकचोटि नेपालकै पुरानो र ठूलो पार्टीको त्यो भिडमा मैले  आँखा दौडाए, त्यो भिडले धेरै कुरा  बोलिरहेको थियो । यदि गच्छदार यो पार्टीमा आफ्नो पार्टी नमिसाएको भए त्यहाँ एउटै रङ्ग देखिन्थ्यो होला । जेहोस गच्छदारले काङ्ग्रेस पार्टीभित्र कालो, नेप्चे ठेप्चेलाई मिसाएर पार्टीको बुट्टा भर्ने प्रयास गर्दैछन् ।  यो चाहिँ सकारात्मक कदम लाग्यो ।

 

हामी एकछिन पछि पुराना थारु माननीय ज्युहरुसंग चिया पिउन होटेल तिर लाग्यो । त्यो दिन होटेलका कामदारहरु एकदमै व्यस्त थिए । हामी एउटा कुनामा बसेर चिया पर्खिरहेका थियो । अर्को कुनामा एउटा मोटो मान्छेले चर्को आवाजमा आफ्ना साथिहरुलाई भन्दै थियो ''अहिले हाम्रो पार्टीमा चण्डालहरु छिरेका छन्, अब चण्डालहरु छिरेपछि के हुन्छ  ? पार्टी भाडभैलो हुन्छ कि हुदैन ? '' आफ्नो साथिहरुलाई प्रतिप्रश्न गर्दै थियो । '' हेर्नुस्, हामी भनेको पुरानो काङ्ग्रेसि हो यो चण्डालहरुको बिश्वास गर्नु हुन्न ?'' त्यो मान्छेको हेपाइ यति धेरै  थियो कि लागिराछ उहीँ नै पार्टीको मालिक हो अरु सबै कमैया । त्यो मान्छेको तल्लो शब्दले मुटुमा प्रहार गर्यो । मैले हाम्रा पुर्खाहरुले सारा जिबन काङ्ग्रेसलाई योगदान गरेको कुरा सम्झे । सानोमा रुख्वा रुख्वा भनेको शब्द कानमा  गुञ्जियो  । मेरो बाबाहरु बिना स्वार्थ चुपचाप रुखमा भोट हालेको सम्झे र त्यो मान्छेको कारण काङ्ग्रेस माथी घृणा पनि जाग्यो ।

 

सायद यस्तै सोच र गलत प्रवृत्ति भएका नेताहरुको कारणले गर्दा बिपिका बिचारहरुमा दाग लाग्दै थियो । अब काङ्ग्रेसको उच्च तहका नेतृत्वले गम्भीर रुपमा पार्टीको सुदृढीकरण बारेमा सोच्नुपर्छ  ।  शोषक सामन्तीको पार्टीको बिल्ला भन्दा बाहिर आउनुपर्छ । अब काङ्ग्रेसले युग अनुसार आफ्नो पार्टीलाई सुधारेर डोर्‍याउन सक्नुपर्छ । काङ्ग्रेस पार्टी एकातिर खुम्चिदै गएको अवस्था अर्कोतिर पार्टी भित्रका गुट र उपगुटको लडाइँले काङ्ग्रेस कमजोर बन्दै गएको छ । सँकुचित सोचले पार्टी कहिल्यै अगाडि बढ्न सक्दैन । काङ्ग्रेसि अगुवाहरू सामन्ती र शोषक मानसिकताबाट बाहिर नआएसम्म  काङ्ग्रेस पार्टी बिपिको पार्टी हो भनेर भन्न सकिदैन ।

 

काङ्ग्रेसि नेताहरूको गुट र उपगुटको चेपुवाबिच दौडिरहेको गच्छदार धेरै चुनौती र समस्यासंग सामना गर्नुपर्ने हुन्छ ।

 

अहिले  नेपाल लोकतान्त्रिक र काङ्ग्रेस पार्टी एकीकरण गरेको बर्षैै बितिसक्यो । नेपाल लोकतान्त्रिकबाट १५ जनालाई केन्द्रिय सदस्य, ३०० जनालाई महासमिति सदस्य र २५ हजार जनालाई क्रियासिल सदस्य बनाउने सहमती भएपनि गच्छदारले आफ्नो सिट बाहेक कसैको सिट सुरक्षित गर्न सकेका छैनन् । काङ्ग्रेसि नेताहरूको गुट र उपगुटको चेपुवाबिच दौडिरहेको गच्छदार धेरै चुनौती र समस्यासंग सामना गर्नुपर्ने हुन्छ ।

 

पश्चिमी थरुहट बेल्टमा हेर्ने हो भने गच्छदारले योगेन्द्र थारु, गोपाल दहित, मिनराज थारु  जनकराज थारु, राम जनम थारुको  काधमा टेकेर राजनिती गर्ने हुन् । यी नेताहरु बलियो हुनु भनेको गच्छदार बलियो हुनु हो । अब  यहि कुरा क्रमशः  योगेन्द्र, गोपाल दहित, मिनराज, जनकराज, राम जनमलाइ लागू हुन्छ । 

 

एकातिर  यी नेताहरूको आफ्नो थर ठेगान नभएको अवस्था अर्कोतिर पुरानो काङ्ग्रेसबिचको अबिस्वास र अन्तर संघर्सले गर्दा गच्छदार लगायत यी सेकेन्ड लेभलका नेताहरूको राजनीतिक भबिस्य धराप पर्दै गैइरहेको छ । ग्राउन्ड लेभलका कार्यकर्तालाई कसरी सेभ लेण्डिङ गर्ने ? उनिहरुलाइ कसरी प्रशिक्षित गर्ने ? यी नेताहरूले कुनै ठोस रणनीति र योजना बनाको देखिएको छैन । नेता र कार्यकर्ताहरुको चरम असन्तुष्ट बढेको बढै छ । यो समस्यालाई गच्छदारले गम्भीरता पुर्बक लिएनन् वा समयमा पार्टीभित्र  पार लगाउन सकेनन भने गच्छदार र उनका प्यारो थारु नेताहरूको राजनितीक यात्रा नेतृत्व नपाउदै समाप्त हुनेछ ।

 

लेखक:

सिताराम थारु

थरुहट थारुवान राष्ट्रिय आन्दोलन तयारी समिति 
संयोजक युवा स्वयंसेवक

प्रतिकृया दिनुहोस

ताजा समाचार