• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

तलव नपाएको भन्दै शिक्षक आन्दोलित, प्रध्यानाध्यापकको मनोमानी

Fm Radio Link

धनगढी, कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माविमा शिक्षकहरू आन्दोलनमा उत्रिएपछी पढाई प्रभावित भएको छ । विद्यालयमा प्रधानाध्यापकको मनोमानी बढ्दै गएको र तलब नपाएको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिए पछि पठन पाठन अवरुद्ध वनको हो ।

आठ महिना बित्दा पनि तलब नपाएको भन्दै मङ्गलवारबाट शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन । प्रधानाध्यापक चौधरीले आफूले नियमित रूपमा तलब बुझेपनी अन्य शिक्षकहरूलाई ८ महिना बित्दा पनि तलब नपाएको शिक्षक दीपकराज गौतमले बताए ।

 

प्रधानाध्यापक चौधरीले विद्यालयमा आर्थिक अनियमितता गरेका कारण बर्षौ देखी सार्वजनिक सुनुवाइ समेत नगरेको शिक्षकहरूको आरोप छ । प्रधानाध्यापक चौधरीले विद्यालयका महत्त्वपूर्ण सूचना समेत लुकाउने गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको शिक्षक राजु बस्नेतले बताए ।

 

आन्दोलित शिक्षकहरूले प्रधानाध्यापक चौधरीको राजीनामा माग समेत गरेमा छन् । प्रधानाध्यापक चौधरीले भने विद्यालय व्यवस्थापन समितिसँग बैठक बसी आवश्यक निर्णय गर्ने बताए । माग पुरा नभए सम्म आन्दोलन नरोकिने चेतावनी शिक्षकहरूको छ ।

प्रतिकृया दिनुहोस