• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

आप्रवासीका लागि कठिन नीति ल्याउँदै अमेरिकी सरकार

Fm Radio Link

काठमाडौं, अमेरिका सरकारले आप्रवासीहरुका लागि ग्रीन कार्ड प्रदान गर्नेमा कठिन नीति ल्याउने तयारी थालेको    छ । राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको हो ।

 

नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ । त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने लाग्यो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ ।

 

अधिकारीहरूका अनुसार यो नियमले आफैँ निर्भर हुन प्रोत्साहन गर्नेछ । यो नीति अक्टोबर १५ देखि लागु हुनेछ ।

प्रतिकृया दिनुहोस