एक साताभित्र पाँचै प्रदेशमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु हुने

काठमाडौं , अबको करिब १ साताभित्रै ५ वटा प्रदेशमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु हुने भएको छ । अहिलेसम्म प्रदेश १ र ३ का केही जिल्ला र विद्यालयमा सञ्चालनमा ल्याइएको यो कार्यक्रम छिटै बाँकी पाँच प्रदेशमा पनि सुरु हुने भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचको लागि ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमको लागु गरेको हो ।
स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको नर्सिङ तथा सामाजिक सुरक्षा माहाशाखाका प्रमुख रोशनी टुँईटुँईले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि ७ वटै प्रदेशलाई झन्डै डेढ अर्बका दरले बजेट पठाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यो कार्यक्रम सुरु भएपछि विद्यालयमा जाने हरेक विद्यार्थीको स्वास्थ्य अवस्थाका बारेमा छुट्टाछुट्टै अभिलेख राखिने छ ।
प्रतिकृया दिनुहोस5>