• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

प्रदेश २ को स्थायी राजधानी जनकपुर नै हुने

Fm Radio Link

काठमाडौं , प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर नै हुने लगभग सहमति जुटेको छ । प्रदेश सरकार गठन भएको झन्डै डेढ वर्षपछि प्रदेशको राजधानी जनकपुर नै राख्ने विषयमा सबै दलबीच सहमति जुटेको      भनिए पनि औपचारिक निर्णय भने भइसकेको छैन ।

 

अस्थायी राजधानीको रूपमा रहेको जनकपुरलाई नै स्थायी राजधानी बनाउनेमा सबै दलबीच सहमति जुटिसकेको र प्रदेशको नामाकरणका बारेमा पनि चाँडै सहमति हुने प्रदेश २ का सामाजीक विकासमन्त्री नवलकिशोर साहले सीआईएनसँग बताउनुभयो ।

 

उहाँका अनुसार नामाकरणको बारेमा पनि छलफल जारी छ तर सहमतिमा ढिलाइ हुने जस्तो देखिएको छ । नेपाली काँग्रेसका सांसद रामसरोज यादवले पनि प्रदेशको विषयमा दुई तिहाई सहमति जुटेको सीआईएनसँग बताउनुभयो ।

 

प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधनसँगै प्रदेशको नाम र राजधानी तोक्ने बाटो खुलेको हो । 

प्रतिकृया दिनुहोस