• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

१२ औं दक्षिण एशियाली शारीकि सुगठनका पदक विजेतालाई सम्मान

Fm Radio Link

काठमाडौँ,  नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा पदक विजेता खेलाडी नगदसहित सम्मानित भएका छन् । च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई आज नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले नगदसहित सम्मानित गर्नुभयो ।

 

संघका अध्यक्ष श्रेष्ठले खेलाडीलाई व्यक्तिगततर्फबाट नगदसहित सम्मानित गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले स्वर्ण विजेतालाई जनही ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजार नगदले सम्मानित गर्नुभयो । च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कास्य पदक जितेको थियो ।

प्रतिकृया दिनुहोस