• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

आफू पूर्ण रुपले स्वस्थ रहेको प्रधानमन्त्री ओलीको भनाइ

Fm Radio Link

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनुभएको छ । सिङगापुरमा स्वास्थ्य जाँच गराएर उहाँ आज दिउँसो नेपाल फर्कनुभएको हो । स्वदेश फर्किएपछि उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाउनुभएको छ ।

 

ट्विटरमार्फत प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।

 

स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिङ्गापुर जानुभएका प्रधानमन्त्री ओलीसँग उहाँकी श्रीमती राजा ज्ञवाली, निजी चिकित्सक डा.दिव्यासिंह साह सहित ९ सदस्यीय टोलीको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस