आज देशभर मौसम बदली रहने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, आज देशभर मौसम बदली रहने भएको छ । आज दिउँसो देशका धेरैजसो स्थानहरूमा आङ्शिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा र पूर्वीका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पश्चिमी पहाडि भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पूर्व तथा मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको पूर्वि भू भागमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
हाल देशको पश्चिमी भू भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ ।
प्रतिकृया दिनुहोस5>