मुगुम कार्मारोङमा गाउँपालिकाको लगानीमा आवासीय विद्यालय

काठमाडौँ, गरिब तथा विपन्न परिवारका बालबालिकाको पठनपाठनमा समस्या नहोस् भन्दै मृगुको मुगुम कार्मारोङ गाउँपालिकाले आफ्नै लगानीमा आवासिय विद्यालय सञ्चालनमा ल्याएको छ ।
पढाईको लागि भन्दै बालबालिकाहरु गाउँ छोडेर अन्यत्र जान थालेपछि आवसिय विद्यालय सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाकै लगानीमा कक्षा चार र पाँचको लागि खान बस्नको व्यवस्थासहित विद्यालय सञ्चालन गरिएको हो ।
विद्यालय सञ्चालन भएसँगै बालबालिकाहरु गाउँबाट अन्यत्र नजाने र गरिब विपन्न परिवारले पनि आफ्नो छोरा छोरीलाई पढाउने अवस्था सिर्जना भएको गाउँपालिकाका अध्यक्ष छिरिङ कान्पे लामाले सीआईएनसँग बताउनुभयो ।
गाउँपालिकाले अबको दिनमा गाउँपालिका भित्रै माध्यमिक विद्यालय पनि सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि शिक्षा मन्त्रालयले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिकृया दिनुहोस5>