• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम

 खेर जाने कपडाबाट प्याड बनाउँदा त्यसले आय आर्जनमा पनि सघाउने

Fm Radio Link

पोखरा, पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालको आयोजना एवं बाबा फाउण्डेसन र एक्सपोज नेपालको सहकार्यमा पोखरामा ३ दिने सेनेटरी प्याड बनाउने तालीम शनिबारबाट सुरु भएको छ । 

 

महिलाहरुको क्षमता तथा सीप अभिवृद्धिको लागि आयोजित तालीमको महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका महिला उद्यमी विकास उपसमितिका संयोजक रामकली खड्काले उद्घाटन गर्नुभयो । उहाँले सीप र क्षमताले नै महिलाहरुलाई आत्मविश्वासी बनाउने उल्लेख गर्दै सेनेटरी प्याड बनाउने तालीम सामाजिक भावनाले उत्प्रेरित रहेको बताउनुभयो । 

 

महिनावारीका कारण महिलाहरुमा हुने शारिरीक र मानशिक समस्या सल्टाउन सेनेटरी प्याडले महत्वपूर्ण भूमिका खेलको बताउँदै उहाँले घर वरपर रहेका  खेर जाने कपडाबाट प्याड बनाउँदा त्यसले आय आर्जनमा पनि सघाउने उल्लेख गर्नुभयो ।

 

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले उद्यमशीलताको लागि तालीमहरुको महत्वबारे ब्याख्या गर्दै यो तालीमले महिलाहरुको आवश्यकता पूर्तिको अलावा आत्मनिर्भरतालाई पनि सघाउने धारणा राख्नुभयो ।

 

कार्यक्रममा बोल्दै पोखरा कलेज अफ म्यानेजमेण्टका  डा. चैतन्यराज अधिकारीले महिनावारीको बेला महिलाहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड बनाउने तालीमले आवश्यकताको संवोधनका साथै महिलाहरुलाई आत्मविश्वासी पनि बनाउने बताउनुभयो । 

 

पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक महासचिव चिनु गुरुङले तालीम आयोजनामा सघाउने संघ/संस्था तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै तालीममा सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा जेसिजका अध्यक्ष सन्तोष शाही, प्रशिक्षक तथा प्याडम्यानको उपनाम पाएका ज्ञान महर्जनलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।  
 

प्रतिकृया दिनुहोस