• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

पोखरा र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच सहकार्यको लागि छलफल

लगानीका सम्भाव्य क्षेत्रमा सहकार्य र संयुक्त लगानीको लागि आउँदा दिनमा सहकार्य गर्ने

Fm Radio Link

पोखरा, पोखरा तथा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले उद्योगी÷व्यवसायीहरुले भोगेका समस्या समाधानका लागि समान धारणा बनाउनु पर्नेमा सहमति जनाएका छन् । उनीहरुले पर्यटन प्रवद्र्धन लगायत लगानीका सम्भाव्य क्षेत्रमा सहकार्य र संयुक्त लगानीको लागि आउँदा दिनमा सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । 

 

 जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा निस्केको प्रतिनिधिमण्डललाई आइतबार पोखरामा स्वागतगर्दै संघका कार्यवाहक अध्यक्ष विन्दु कोइराला सुवेदीले उद्योगी÷व्यवसायीहरुबीच मूल मुद्धाहरुमा एकमत हुनुपर्ने धारणा राखिन् । उनले पर्यटन उद्योगमा अब्बल देखिएको पोखरा र सुदूरताले भरिएको सुदूरपश्चिमबीच पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औंल्याइन् । 

 

 कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले ‘पहिला देश अनि विदेश’ भन्ने मान्यता अनुसार आफूहरु देश भ्रमणमा निस्केको बताउँदै सुन्दर भएर पनि पछि परेको सुदूरपश्चिमको प्रचार गर्नु आफ्नो भ्रमणको उदेश्य भएको बताए । कैलाली उद्योग वाणिज्य संघकै पहलमा पश्चिममा १ हजार पर्यटकीय गन्तब्यहरुको पहिचान भएको उल्लेख गर्दै उनले ती ठाउँहरुको भ्रमण गर्न पोखरेलीहरुसँग आग्रह पनि गरे । 

 

 पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव चिनु गुरुङले उद्योगी/व्यवसायीहरुले भोगेका समस्याहरु समान खालको भएकोले त्यसको समाधानमा पनि एउटै धारणा हुनुपर्ने दोहो¥याइन् । कैलाली उद्योग वाणिज्य संघका सचिव शिद्धराज पनेरुले सम्भावना नै सम्भावना भए पनि राज्यले उचित ध्यान नदिँदा पश्चिम क्षेत्र पछि परेको बताउँदै उनले निजी क्षेत्रले सुदूर पश्चिमको प्रवद्र्धनको लागि निरन्तर काम गर्दै आएको बताए । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम आचार्यले कैलाली उद्योग वाणिज्य संघको सचिवालय संचालन र अन्य विषयबारे जिज्ञासा राखे । 

 

अर्का सदस्य रामेश्वर अधिकारीले पोखरा उद्योग वाणिज्य संघले सामाजिक क्षेत्रमा गरेका योगदानले यसलाई जेठो संस्था बनाएको बताए । सदस्य हरिराज पन्तले ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली अव्यवहारिक भएको गुनासो गरे । अर्का सदस्य तारानाथ ढुंगानाले नेपाल उद्योग वाणिज्य संघमा रहेका व्यक्तिहरु नै सरकारको प्रवक्ताजस्तो देखिँदा व्यवसायीको मुद्दा ओझेलमा परेको धारणा राखे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको सचिवालय संचालनबारे कार्यकारी निर्देशक टोपबहादुर थापा र कैलालीबारे त्यहाँका कार्यकारी निर्देशक गोमा अधिकारीले जानकारी दिएका थिए ।  
 

प्रतिकृया दिनुहोस