• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

भारतको विचारधारा हिटलरको जस्तै भएको पाकिस्ताका प्रधानमन्त्रीको टिप्पणी

Fm Radio Link

काठमाडौँ, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको विचार धारा एडोल्फ हिटलरको जस्तै रहेको टिप्पणी गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले ट्विट् मार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।

 

उहाँले आफूलाई भारतीय राष्ट्रिय स्वंयसेवक सङ्घ आरएसएसको विचारधारासँग डर लागेको बताउनुभएको छ । त्यस्तै आफ्नो आधिकारिक खाताबाट लेखेका कुराहरूलाई पाकिस्तान सरकारको ट्विटबाट समेत प्रकाशित गरिएको छ ।

 

आरएसएस सत्तारूढ भारतीय जनता पार्टीसँग सम्बन्धित दक्षिणपन्थी, हिन्दु राष्ट्रियतावादी स्वंयसेवक संस्था हो । भारत सरकारले भारत प्रशासित कश्मीर माथिको विशेषाधिकार अन्त्य गर्दै केन्द्र शासित दुईवटा प्रदेशमा विभाजन गरेपछि पाकिस्तान रुष्ट भएको हो ।

 

लगत्तै पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोड्दै कुटनीतिक सम्बन्धलाई पनि सिमित तुल्याएको छ । 

प्रतिकृया दिनुहोस