• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

एभिसीका लागि राष्ट्रिय पुरुष भलिबल टिमको घोषणा

Fm Radio Link

काठमाडौँ, एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ । आज नेपाल भलिबल संघले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।

 

नेपालले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४ सदस्सीय टोलिको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान एबिङले घोषणा गरेको टिममा ३ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

 

नेपाली टोलीमा पहिलो पटक स्थान बनाउने खेलाडीमा त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर राजेन्द्र बिष्ट, आर्मीका क्विकर दुर्गा बहादुर खड्का र एपीएफका ओपन स्पाइकर टेकराज अवस्थी रहेका छन् । प्रशिक्षक एबिङले घोषणा गरेको टिममा आर्मीबाट  ७, पुलिसबाट ४ र एपीएफबाट ३ खेलाडी परेका छन् ।

 

एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपाल सहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान सहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

प्रतिकृया दिनुहोस