• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

सागका लागि राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण आजबाट

Fm Radio Link

काठमाडौँ,  नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि राष्ट्रिय महिला फुटबल टिमले बन्द प्रशिक्षण आजबाट सुरु हँुदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि आजबाट औपचारिक रुपमा महिला टिमको बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।

 

नेपाली टोलीले दुई साता अघिबाटै प्रारम्भिक प्रशिक्षण सुरु गरेको भएपनि औपचारिक रुपमा आजबाट बन्द प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षक हरि खड्काको अनुसार नेपाली टोलीको बन्द प्रशिक्षण नक्सालस्थित प्रहरी प्रधान कार्यालयको मैदानमा हुनेछ ।

 

राष्ट्रिय टिमको तयारीका लागि मैदान अभाव भएपछि महिला टिमको प्रशिक्षण नक्सालमा सारिएको प्रशिक्षक खड्काले बताउनुभयो । यसअघि महिला टिमले एन्फा कम्प्लेक्स मैदानमा प्रशिक्षण गर्दै आइरहेको थियो ।

 

मुख्य प्रशिक्षक खड्काले सागको तयारी लागि प्रारम्भिक चरणमा ४२ खेलाडी बोलाइएको र यस पटक टिममा ८ नयाँ अनुहारलाई समावेश गराइएको बताउनुभयो । मंसिर १५ बाट २४ सम्म नेपालमै आयोजना हुने सागको महिला फुटबल खेल पोखरामा रंगशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस