• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

पोखरामा राष्ट्रिय युवा सम्मेलन हुने

Fm Radio Link

पोखरा ।

नेपाल युवा परिषदको आयोजनामा पोखरामा राष्ट्रिय युवा सम्मेलनको आयोजना हुने भएको छ । आगामी साउन २७ देखि ३० गतेसम्म हुन गइरहेको राष्ट्रिय युवा सम्मेलन २०१९ मा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै युवाहरु सहभागी हुन लागेको शनिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

पत्रकार सम्मेलन पछि युवाहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिएका थिए । उनले प्रदेशलाई समृद्ध बनाउन युवाहरुको ठूलो भूमिका रहने भएकोले आजका युवाहरुमा लगानी गर्न प्रदेश सरकारको प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस