• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बन्दै

Fm Radio Link

काठमाण्डौं, प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइमा केन्द्रित रही शिक्षाको गुणस्तर सुधार गर्ने मुख्य लक्ष्यका साथ ‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ विभिन्न १६ जिल्लामा सञ्चालन भईरहेको छ । यो कार्यक्रम लागू भएका जिल्लामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाइ सीपमा पनि सुधार देखिन थालेको छ ।

 

‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ धनकुटा, पर्सा, बर्दिया, भक्तपुर लगायतका जिल्लामा सञ्चालन भइरहेको छ । पाठ्यपुस्तकको सान्दर्भिकतामा समयानुकुल परिर्माजनको आवश्यकता महसुस गरिरहँदा बालबालिकाको मनोविज्ञान बुझेर पढाउन सिकाउने यो तरिका सरकारी विद्यालयमा प्रभावकारी बन्दै गएको छ । बाल बालिकाको सिकाईको स्तर बढेको शिक्षकहरुले बताएका छन् ।

 

धनकुटा  भीरगाउँमा रहेको टंक माध्यमिक विद्यालयमा पनि यो कक्षा सञ्चालन गरेसँगै विद्यार्थीमा पढाईप्रतिको रुचि बढेको छ । रमाइलो पढाई, दिगो सिकाईको उद्देश्य राखेर तीनवर्ष अघिबाट यो राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम लागू भएसँगै विद्यार्थीको पठन सीपमा विकास भएको धनकुटा नगरपालिका शिक्षा शाखा प्रमुख रामबहादुर थापाले बताउनुभयो ।

 

धनकुटाका दुई सय ९१ विद्यालयमा यो कार्यक्रम लागू गरिएको छ । ९४ वटा विद्यालयलाई  नमुनाका रुपमा छानेर कक्षा कोठा व्यवस्थापनका लागि दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराईएको छ । 

प्रतिकृया दिनुहोस