• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

आज देशका अधिकांश ठाउँमा मौसम बदली हुने, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Fm Radio Link

काठमाण्डौं, आज देशका अधिकांश ठाउँमा मौसम बदली हुने भएको छ । आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुने मौसम पूवाृनुमान महाशाखाले जनाएको छ ।

 

देशको पहाडी भू भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको मध्य र पूर्वी पहाडी भू भागका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

 

महाशाखाका अनुसार हाल देशका अधिकांश क्षेत्रमा बदली रही देशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस