• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

देशका अधिकांश ठाउँमा मौसम बदली रहने

Fm Radio Link

काठमाडौं ,आज देशका अधिकांश ठाउँमा मौसम बदली रहने भएको छ । आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

देशका पश्चिमी भू भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा,  पूर्व र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुनेछ ।

 

हाल देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही देशका एक दुई स्थानहमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल पनि सक्रिय रहेको महाशाखाको भनाइ छ । मनसुनको न्यून चापिय रेखा ९ब्हष्क या ःयलकययल त्चयगनज० औसत स्थान भन्दा केही दक्षिण तिर रहेको छ ।

 

भारतको पुर्वी छत्तिसगढमा अबस्थित म्भभउ म्भउचभककष्यल पश्चिम –उत्तरपश्चिम तिर कमजोर भएर सर्दै जाने देखिएको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस