• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

खेलाडीको स्वास्थ्य उपचारमा सरकारको वेवास्ता

Fm Radio Link

काठमाडौं, नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने मात्र होइन, भ्रातृत्व, एकताको भावना जगाउन पनि खेलकुद प्रभावकारी बनेको छ । राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीको स्वास्थ्योपचार र सावधानीमा भने सरकारले उचित ध्यान दिएको छैन ।

 

बाँकेका तुषार बुढामगर खेल क्षेत्रमा लागेको झन्डै ४ वर्ष हुन लाग्यो । बाँके खेलकुद संघबाट उहाँ भारत्तोलकको रुपमा विभिन्न प्रतियोगितामा भाग लिनुहुन्छ । तर खेल खेल्दा वा अभ्यास गर्दा चोटपटक लाग्दा, कुनै बिरामी हुँदा भने उपचार गराउन समस्या हुने गरेको छ । धनुषाका सरोज सिंह राष्ट्रिय कब्बडी टिमका पूर्व कप्तानसमेत भइसक्नुभयो ।

 

तर खेल खेल्दा वा अन्य समय बिरामी हुँदा उपचारमा कतैबाट पनि सहयोग पाउनुभएन । सरोजसिंह र तुषार मात्रै होइन, नेपालमा खेलिने २ सय खेलका लाखौं खेलाडीको समस्या यस्तै छ । खेल क्षेत्रका लागि सरकार गम्भिर नहुँदा खेलाडी जोखिम मोलेर भए पनि खेल्न बाध्य भएका सितोरियो करातेँका अन्तर्राष्ट्रिय रेफ्री विरेन्द्र कर्ण बताउनुहुन्छ । खेल क्षेत्रका लागि नेपाल सरकारले चालु आर्थिक वर्षमा झन्डै ४ अर्ब बजेट विजियोजन गरेको छ ।

 

सरकारले यो वर्षको नीति तथा कार्यक्रममा खेलाडीको तथ्याङ्क सङ्कलन गरेर बीमा कार्यक्रम सुरु गर्ने योजना बनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको भनाइ छ ।

 

अन्तर्राष्ट्रिय स्तरको अभ्यासमा खेलाडीको स्वास्थ्य बीमा, अन्य समयमा बिरामी हुँदा वा चोटपकट लाग्दा उपचार गराउने खर्च र चिकित्सकको व्यवस्था हुन्छ । तर, नेपालका खेलाडीका लागि भने अहिलेसम्म त्यस्तो व्यवस्था नहुँदा खेलाडीहरू चिन्ताकाबीच मैदानमा उत्रिने गरेका छन् । 
 

प्रतिकृया दिनुहोस