• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

क्यान्सर पीडितलाई उपराष्ट्रपतिको एक महिनाको तलव सहयोग

Fm Radio Link

काठमाडौं,  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब रकम क्यान्सर पीडितका लागि सहयोग गर्नुभएको छ । उहाँले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गर्नुभएको हो । 


उपराष्ट्रपति पुनले कर र अन्य कट्टि भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदिप श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उपराष्ट्रपतिले केहीं दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलव क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो । 


उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्नुहुँदै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताउनुभयो । सहयोग रकम लिंदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताउनुभयो । उहाँले क्यान्सर पीडितहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । 

प्रतिकृया दिनुहोस