• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

व्यवसायमा नीतिगत तहमै ‘स्टार्ट अप कल्चर’ को विकास गर्ने तयारीमा सरकार

Fm Radio Link

काठमाडौ, नेपालको व्यापार व्यवसायमा नीतिगत तहमै ‘स्टार्ट अप कल्चर’ को विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल सुरु गरेको छ । परम्परागत ढङ्गबाट सञ्चालित नेपालको व्यापार व्यवसायलाई नवीनतम ढङ्गले सञ्चालन गर्नका निम्ति मन्त्रालयले पहल सुरु गरेको हो ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको पहलमा नेपालमा नीतिगत तहमै ‘स्टार्ट अप’ लाई बुझ्ने र यसको विकासका निम्ति चाहिने आवश्यक सहयोगको बारेमा विभिन्न दातृ निकाय सँग छलफल सुरु गरेको छ ।

 

यसको विकाका निम्ति चाहिने आवश्यक वातावरणबारे स्वीस राजदुतावासको सहयोगमा मन्त्रालय तथा अन्य सम्बन्धित निकायका पदाधिकारीहरुसँग मन्त्री यादवले हिजो छलफल गर्नुभएको हो ।

 

स्टार्ट अप कल्चर’ को विकास तथा नवीनतम व्यवसायको संरक्षण नगरी आजको युवा पुस्तालाई उद्यमशील बनाउन नसकिने बताउदै मन्त्री यादवले प्रविधि, नवीनता तथा सीपको सही समिश्रणले नै नेपालको ‘स्टार्ट अप’ वातावरणलाई मलजल गर्ने कुरामा विश्वस्त रहेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस