• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

तमानखोलाका घाइतेलाई प्रदेस सरकारको सहयोग

Fm Radio Link

पोखरा, तमानखोला गाँउपालिकामा पहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारले राहत रकम हस्तान्तरण गरेको छ  । गत साउन १९ गते राती अविरल वर्षा संगै आएको पहिरोमा पुरिएर घम्भीर घाइते भएका ३ जनालाई उपचार खर्च वाफत सहयोग रकम प्रदान गरिएको हो  । 

 

पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरु ४५ वर्षीय ओमबहादुर श्रीपाली ,१६ वर्षीय अनिल श्रीपाली र ९ वर्षीय राम श्रीपालीलाई वुधवार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राहत रकम हस्तान्तरण गरेका हुन  । मन्त्री चुमानसहित मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द नेपाली, बागलुङबाट प्रदेश सभामा प्रतिनिधित्वगर्ने प्रदेश सभा सदस्यहरु इन्द्रलाल सापकोटा,चन्द्रबहादुर बूढा ,साबित्रा राना ,दीपा रोका सहितको टीमले अस्पतालमै पुगेर राहत रकम हस्तान्तरण गरेका थिए । 

 

प्रदेस सभा सदस्यहरुको विशेष पहलमा पहिलो चरणमा उपचार खर्च बाफत जनही २५ हजारका दरले सहयोग गरिएको हो । सहयोग रकम हस्तान्तर र घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्दै मन्त्री चुमान सहित प्रदेश सभा सदस्यहरुको टोलीले घाइतेको उपचार ,विस्थापित परिवारको पुनर्स्थापना र मृतक परिवारलाई उचित राहतको व्यवस्थापनको लागि प्रदेश सरकार र केन्द्र सरकारसंग पहल गर्ने बताएका थिए । 

 

साउन १९ गते रातको समयमा पहिरोमा पुरिएर तमानखोला गाउँपालिका ४ लाममेलामा ३ जनाको ज्यान गएको थियो ।७ जना घाइते भएका थिए । गम्भीर घाइते ३ जनालाइ प्रतिनिधि सभाका सांसद देबेन्द्र पौडेलले गृहमन्त्रालय संग समन्वय गरेर सेनाको हेलिकप्टर मार्फत पोखरा ल्याएका थिए । अन्य घाइतेको गाँउमानै उपचार भइरहेको छ । विपन्न समुदायको बसोबास रहेको उक्त गाँउमा पहिरोले पाच घर पुरेको छ ।
 

प्रतिकृया दिनुहोस