• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

एसियाको दोस्रो चरणको छनोटका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा

Fm Radio Link

काठमाडौँ, कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ ।

 

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रारम्भिक चरणमा ३१ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको छ । प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट भएका छन् ।  नेपालले पहिलो खेल कुवेतसँग खेल्नेछ ।

 

प्रारम्भिक टोलीमा गोलरक्षक किरण कुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, बिशाल श्रेष्ठ रहेका छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजबंशी, बिमल पाण्डे रहेका छन् ।

 

मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेब गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ छन् । स्ट्राइकरमा बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट, भरत खवास, बिमल घर्ति मगर रहेका छन् । 

प्रतिकृया दिनुहोस