• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

बाग्लुङ्को तमानखोलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

Fm Radio Link
फाइल फोटो

काठमाडौं , गएरातीको अविरल बर्षातका कारण बाग्लुङको तमानखोला गाउँपालिका ४ मा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको  छ । अन्य ६ जना घाइते भएका छन् ।

 

हिजो साँझदेखि परेको अविरल बर्षातका कारण  रातको करिब १ बजेको समयमा घरमाथिदेखि आएको पहिरोले पुरिँदा तमानखोला गाउँपालिका वडा नं.४ का बर्ष ४५ कि पञ्चमा सिर्पाली, ७० बर्षिय असारी सिर्पाली र १२ बर्षिय प्रविण सिर्पालीको मृत्यु भएको  तमानखोला ४ का वडा अध्यक्ष उदिमबहादुर छन्त्यालले बताउनु भयो ।

 

 असारी र प्रविण  एकै घरका बजे नाती रहेको बुझिएको छ । त्यस्तै सोहि क्षेत्रमा गयरातीकै बर्षातका कारण पाँचघर पहिरोले पुरिँदा अन्य ६ जना घाइते भएका छन् ।

 

घाईतेको स्थानीय स्वास्थ्य सँस्थामा उपचारका लागि लगिएको र मौसमले साथ नदिएका कारण थप उपचारका लागि बाहिर पठाउन नसकिएको छन्त्यालले बताउनु भयो । 

प्रतिकृया दिनुहोस