• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

गणितमा प्रदेश २ र नेपालीमा गण्डकी प्रदेशको सिकाइ उपलब्धि राम्रो

Fm Radio Link

काठमाडौं , प्रदेश २ का विद्यार्थी गणितमा र नेपालीमा गण्डकी प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो पाइएको छ । ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ अनुसार यस्तो तथ्य पाइएको हो ।

 

अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आज सर्वाजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालीमा कर्णाली, प्रदेश ३ र सदूरपश्चिम कमजोर देखिएको छ भने गणितमा प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको छ ।

 

केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले २०७४ सालमा २४ जिल्लाका एक हजार चार सय विद्यालयमा २८ हजार ३८१ विद्यार्थीबीच नेपाली र गणित विषयमा गरेको अध्ययनको अवस्था बारे अध्ययन गरिएको जानकारी दिनुभयो ।

 

उहाँका अनुसार विद्यार्थीको सिकाइ राष्ट्रिय औशत उपलब्धि पाँच सय मानिएको छ । प्रतिवेदनमा पाँच सय अङ्कभन्दामाथि ल्याउने राम्रो सिकाइ र पाँच सय भन्दामुनि ल्याउने न्यून सिकाइ मानेको छ ।

 

गणितमा प्रदेश नंं २ का विद्यार्थीको सिकाइ उपलब्धि सबैभन्दा उच्च  (५२१) देखिन्छ भने प्रदेश ५ मा  सबैभन्दा न्यून (४८६) रहेको छ । नेपालीमा कमजोर सिकाइ कर्णाली प्रदेश र राम्रो सिकाइ गण्डकी प्रदेशको देखिएको छ । 

प्रतिकृया दिनुहोस