• २०७६ मङ्सिर २७ शुक्रबार / Friday, December 13
Skip Advt.

कपिलवस्तुमा गाउँपालिकाका पार्टी अध्यक्षमाथि गोली प्रहार

Fm Radio Link

कपिलवस्तु । समाजवादी पार्टीका स्थानीय नेतामाथि गोली प्रहार भएको छ ।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि बिहीबार लवनीमा मध्यान्न १२:३० बजेतिर गोली प्रहार भएको हो ।

 

मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।उनको कुममा गोली लागेको छ । यादवको कपिलवस्तु जिल्ला अीपतालमा उपचार भइरहेको छ ।

 

गोली प्रहार गर्ने व्यक्तिलाई आफूले चिनेको यादवले बताएका छन् ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस