• २०७६ मङ्सिर २८ शनिबार / Saturday, December 14
Skip Advt.

प्रदेश २ का मुख्यमन्त्रीसहितको टोलीद्वारा बाढी प्रभावितको अवस्था बारे जानकारी

Fm Radio Link

काठमाडौं,  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले बाढीबाट भएको क्षति बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको छ । मुख्यमन्त्री नेतृत्वमा प्रदेश २ बाट आएको सर्वदलीय टोलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बाढी र डुबानबाट भएको क्षति बारे जानकारी गराएको हो ।

 

भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट प्रदेशमा सार्वजनिक र निजी अर्बौँ बराबरको क्षति भएको, ३७ जनाभन्दा बढीको मृत्यु भएको र हजारौँ परिवार घरबारविहीन भएको जानकारी गराउनुभएको छ ।

 

बाढीबाट विस्थापितको पुनर्वास र पुनर्निमाणको लागि सङ्घीय सरकारलाई सहयोग गर्न मुख्यमन्त्री राउतले आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफू पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

 

भेटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, नेकपा संसदीय दल प्रदेश दुइका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दल प्रदेश दुइका नेता रामसरोज यादव सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस