• २०७६ मङ्सिर २७ शुक्रबार / Friday, December 13
Skip Advt.

सरकारले ल्याएको नयाँ कर निती बिरुद्ध व्यवसायीहरु आन्दोलित

ढुवानी ठप्प हुँदा सेवाग्राही मर्कामा 

Fm Radio Link

कैलाली, सरकारले ल्याएको नया कर निती बिरुद्ध कैलालीका व्यवसायीहरु आन्दोलित वनेका छन् । सरकारले अव्यवहारिक रुपमा साउन १ गतेबाट लागुहुनेगरी कर निती ल्याएको भन्दै उनीहरु सडकमा उत्रिएका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरुले आज धनगढीमा बिरोध ¥याली निकाले । सरकारले ल्याएको नयाँ कर नितीको बिरोध गर्दै व्यवसायीहरुले बिरोध जनाएका हुन् ।  कैलाली उद्योग वाणिज्य संघको कार्यालयबाट निस्केको बिरोध ¥याली धनगढी चौराहा पुगेर कोण सभामा परिणत भयो ।


सरकारले साउन १ गतेदेखि लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रेकिङ सिस्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको विरोधमा उद्योगी व्यवसायी सडकमा उत्रिएका हुन् । विदेशी संस्थाको उक्साहटमा लागेर सरकारले अव्यवहारिक नीति ल्याएको उनिहरुको आरोप छ् ।  सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई दुःख दिन खोजेकोले विरोधमा उत्रनु परेको कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले बताए । उद्योग वाणिज्य क्षेत्रलाई धराशायी बनाउने हिसाबले सरकारले काम गरेको उनको आरोप छ ।


पूर्व तयारी बिनाको सरकारी निर्णयका कारण व्यवसाय धरासायी वन्ने खतरा बढेको संघका महासचिव ओम बिष्टले बताए् । सरकारले ल्याएको नयाँ कर नीतिका बारेमा व्यावसायी अनभिज्ञ रहेको उनको भनाई छ ।


सरकारले ल्याएको कर निती गलत नभए पनी वर्तमान अवस्थामा यो निती उपयुक्त नभएको कैलाली उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमाल बताए । उनले भने सरकारले ल्याएको नयाँ कर नीतिले व्यवसायीलाई मात्र नभई जनतालाई पनी ठुलो समस्या पर्ने छ ।


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका हमालले युरोपीयन देशमा लागु भएको कर प्रणाली सरकारले ल्याएको बताए । ‘युरोपीयन देशमा लागु भएको कर प्रणाली ल्याउने तर जनताले सामान्य सेवा समेत पाउने अवस्था छैन्,’ उनले भने, ‘हात कसरी धुने भन्दै सिकाउन पर्ने देशमा युरोपको कर प्रणाली लगाउने बेला आएको छैन्, त्यहाँको कर नीति लागु गर्न सुरुमा जनताले सेवा पनि सोही देशको जस्तो पाउनुर्छ।’ हमालले सरकार ल्याएको नयाँ कर नीतिले व्यवसायीलाई मात्र नभई जनतालाई ठुलो समस्या पर्ने बताए। ‘जनताले हरेक सामान खरिद गर्दा कर तिरेका हुन्छन्,’ उनले भने, ‘व्यवसायी त कर तिर्ने माध्यम मात्रै हो।’ उनले जनताले तिरेको करको सदुपयोग नहुँदा झनै नैराश्यता बढेको बताए। सरकारले कर बढाउँदै लैजाने तर प्रत्येक बर्ष ठुलो बजेट फ्रिज जाने समस्या रहेको बताउँदै हमालले खर्च नै गर्न नसक्ने भए नयाँ–नयाँ कर नीति के–का लागि भन्दै प्रश्न गरे। 


सरकारको नयाँ नीतिको विरोधमा व्यवसायीहरु बिरोधमा छन्  ।देश भरिको ढुवानी पनि ठप्प छ । १३ प्रतिशत तिर्नै पर्ने बाध्यकारी निती खारेजीको माग गर्दै बिरोध स्वरुप ढुवानी सेवा ठप्प पारिएको सेति महाकाली ढुवानी व्यवसायी संघ कैलाली अध्यक्ष रघुनाथ जोशीले बताए । बाध्यकारी  सरकारी निती खारेज नभएसम्म आन्दोलन नरोकीने उनको अडान छ ।


आन्दोलित व्यवसायीहरुले सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टमार्फत संघिय सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझदै मुख्यमन्त्री भट्टले व्यवसायीका माग सम्वोधन गर्न सक्दो पहल गर्ने आश्वासन दिए ।


सरकारले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ कर नीति र ढुवानीलाई भ्याटमा लाने निर्णय गरेपछि व्यवसायीहरू आन्दोलित बनेका हुन् । सरकारले हचुवाका भरमा लागू गर्न खोजेको नयाँ कर नीति कुनै पनि हालमा मान्य नहुने उनीहरुको  चेतावनी छ । 


 

प्रतिकृया दिनुहोस