• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

सुदूरपश्चिममा नेकपाका कोको भए जिल्ला इन्चार्ज र सहइन्चार्ज

७७ वटै जिल्लामा नेकपाको जिम्मेवारी वाँडफाँड

Fm Radio Link

जीवन बिष्ट/धनगढी,  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् । आज बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ईन्चार्ज र सह ईन्चाज तोकिएका छन् ।


कैलाली जिल्ला ईन्चार्जको जिम्मेवारी रुपा चौधरीलाई दिइएको छ भने ७ जना सहइन्चार्ज छन् । त्यस्तै कञ्चनपुरमा विक्रमम शाहीलाई ईन्चार्जको जिम्मेवारी दिईएको छ । ५ जनालाई सह ईन्चार्जको जिम्मेवारी तोकिएको छ । डोटीमा प्रेम बहादुर आलेलाई ईन्चार्ज र गौरी मल्लले सह ईन्चार्जको जिम्मेवारी पाएकी छन् । यस्तै डडेलधुरामा बिक्रम शाहीलाई ईन्चार्ज र ५ जनालाई सह ईन्चार्जको जिम्मेवारी ताकिएको छ ।

 

बैतडीमा नरेन्द्र बहादुर कुवर ईन्चार्ज,पुरन सिह दयाल र रेणु चन्दलाई सह–ईन्चार्जको जिम्मा तोकिएको छ भने अछाममा तारामान स्वाँरले ईन्चार्ज र शरदसिह भण्डारीले सह ईन्चार्जको जिम्मेवारी पाएका छन् । बझाङमा भैरव बहादुर सिह ईन्चार्ज र देवराज रेग्मीले सह ईन्र्चाजको जिम्मा पाएका छन् । बाजुरामा लाल बहादुर थापालाई ईन्चार्ज र प्रकाश बहादुर शाहले सह ईन्चार्जको जिम्मेवारी पाएका छन् ।
 

प्रतिकृया दिनुहोस