• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

रेफ्री कमिटीले एन्फालाई वार्षिक प्रतिवेदन बुझायो

Fm Radio Link

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री कमिटीले एन्फालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।
एन्फाको रेफ्री कमिटीले आज एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन बुझाएको हो ।

 

एन्फा केन्द्रिय सदस्य तथा रेफ्री कमिटीका संयोजक रबिन्द्रनाथ कोजुले प्रतिवेदन अध्यक्ष शेर्पालाई बुझाउनुभएको थियो । एन्फालाई बुझाईएको प्रतिवेदनमा देशभर एन्फा रेफ्रीले खेलाएको प्रतियोगिताको विवरण रहेको छ । प्रतिवेदन  बुझाउदै रेफ्री कमिटिका सदस्य सुरेन्द्र सिख्राकारले फिफाले नयाँ नियम ल्याएको र त्यसका लागी ट्रेनिङको वातावरण बनाउन एन्फालाई आग्रह गर्नुभयो ।

 

प्रतिवेदन बुझेपछि अध्यक्ष शेर्पाले फुटबलमा रेफ्रीको ठुलो भूमिका रहने तर सन्तोष जनक नभएको बताउनुभयो । नेपालमा हाल १२ जना फिफा रेफ्री १२ रहेका छन् । जसमा पुरुष १० रहदा महिला २ रहेको छ । यस्तै राष्ट्रिय मान्यता प्राप्त रेफ्री २० जना छन् ।

प्रतिकृया दिनुहोस