• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

आप्रवासी कामदारको मानवअधिकारका सम्बन्धमा अन्तराष्ट्रिय सम्मेलन हुने

Fm Radio Link

काठमाडौँ :आप्रवासी कामदारको मानवअधिकार कै सम्बन्धमा आगामी कात्तिक २६ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । मानव अधिकार आयोगले आयोजना गर्न लागेको सम्मेलनमा सार्क मुलुकसहित विभिन्न ३० देशका मानव अधिकार आयोगका पदाधिकारीहको सहभागी रहने आज आयोगले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

 

नेपालबाट वैदेशिक रोजगारीमा जानेको मानवअधिकारको अवस्था नाजुक रहेकाले त्यसमा सुधार गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आयोगले जनाएको छ । सम्मेलन तीन दिनसम्म चल्नेछ । यसैविच आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारको सुरक्षा, अधिकार र न्यायमा पहुँचलगायतका विषय संवेदनशील रहेको बताउनुभएको छ ।

 

पत्रकार सम्मेलनमा उहाँले नेपाल तथा दक्षिण एसियाली मुलुकबाट लाखौं कामदार खाडीलगायतका मुलुक गइरहेको सन्दर्भमा यस्ता विषय अझ महत्वपूर्ण बनेको बताउनुभयो । अध्यक्ष शर्माले आप्रवासी कामदारको अधिकार संरक्षण सबैको चासोको विषय भएकाले यसलाई गम्भीर रुपमा लिन आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस