• २०७६ मङ्सिर २७ शुक्रबार / Friday, December 13
Skip Advt.

बिप्लव नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज लामा गएराति पक्राउ

Fm Radio Link

काठमाडौँ :नेपाल प्रहरीले नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई गएराति पक्राउ गरेको छ । काठमाण्डौको गोठाटारबाट गएराति साढे १२ बजे लामालाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखा काठमाण्डौले जनाएको हो ।

 

राज्यले नेकपाका हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएको र लामामाथि राज्यविरुद्धको दुई–तीनवटा मुद्दा चलाइएकाले उहाँलाई पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

 

नेकपाका केन्द्रीय सदस्य समेत रहेका लामामाथि चलाइएका मुद्दामध्ये ललितपुरको नख्खुमा गराइएको बम विस्फोटको आरोपसम्बन्धी एउटा छ । लामा पहिलो संविधानसभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं. नौ बाट उम्मेदवार उठ्नुभएको थियो र कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित हुनुभएको थियो ।

 

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नख्खुस्थित कार्यालयअगाडि गराइएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने अर्का एकजना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस