• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

बाढिका कारण बिहारका १८ लाख नागरिक प्रभावित

Fm Radio Link

भारतको बिहार राज्यमा आएको बाढिका कारण १८ लाख मानिस प्रभावित बनेका छन् । बिहारको सितामढि, मुज्फ्फ्रपुर, पूर्वी चम्पारण सहितका स्थानमा आएको बाढिले १८ लाख नागरिक प्रभावित बनेका छन् ।

 

विगत ३/४ दिनदेखि परेको पानी र कोशि ब्यारेजको ढोका खोलिँदा ती क्षेत्र डुबानमा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढि प्रभावित क्षेत्रमा नागरिकको उद्दार र राहत पुर्याउने काम भइरहेको बिहार सरकारले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस