• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

पीडितहरुको उद्दार तथा राहतमा जुट्न राष्ट्रपतिको आग्रह

Fm Radio Link

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवान पीडितहरुको उद्दार तथा राहतमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

 

 पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरको उपचार, राहत वितरण र वेपत्ता भएकाहरुको खोजीमा राज्यका संयन्त्रहरुाई परिचालन गराउन सम्बधित निकायले ध्यान दिनेछ भन्ने विश्वास समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

राष्ट्रिय उद्दार तथा राहतमा जुट्न र प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन समेत राष्ट्रपति भण्डारीले सबैलाई आह्वान गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस