• २०७६ मङ्सिर २७ शुक्रबार / Friday, December 13
Skip Advt.

बाढी पहिरोका कारण ५० जनाको मृत्यु

Fm Radio Link

काठमाडौं, अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिले सम्म ५० जनाको मृत्यु भएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी २२ महिला र २८ पुरुषको मृत्यु भएको हो ।  

 

प्रहरी प्रधान कार्यालयका अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १ सय ४ जनाको उद्धार गरिएको छ ।  

 

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १ मा १७, प्रदेश नं २ मा सात, प्रदेश ३ मा १२, प्रदेश ५ र ६ मा दुई­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको मृत्यु भएको हो ।  उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाको मृत्यु भएको छ ।

 

प्रदेश १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुंगामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक­एक जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस