• २०७६ असोज २७ सोमबार / Monday, October 14
Skip Advt.

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, सचेत रहन आग्रह

Fm Radio Link
फाइल फोटो

इनरुवा, नेपालमा मनसुन भित्रिए सँगै केही दिन यता देशभर लगातार वर्षा भइरहदाँ जल तथा मौसम पुर्वानुमान महाशाखाले विज्ञप्तिमा सचेत रहन आग्रह गरेको छ । 

लगातारको वर्षाका कारण हरेक खोला नालाहरु जुनसुकै बेला सतर्कता माथि जानसक्ने भएकोले सावधानी अपनाउन विज्ञहरुले समेत सुझाव दिएका छन् । वर्षाका कारण प्रदेश १, प्रदेश २ र प्रदेश ३ का खोला नालाहरुले जुनसुकैबेला सर्तकता नाघ्न सक्ने भएकोले डुबान भईरहने क्षेत्र र बाढी पसिरहने क्षेत्रबाट सुरक्षित स्थानको खोजी गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।


महाशाखाको विज्ञप्तिमा बिहीबारपनि चुरे क्षेरबाट बहने नदी नालाहरुमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । महाशाखाले बिहीबार बेलुकी पछि कन्काई, सप्तकोसी, तमोर, दधु कोसी, सुनकोसी, कमला र बागमती तथा राप्ती जलाधारमा बहाब उच्च हुने भएकोले र सर्तकता तह पुग्न सक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस