• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

हरिनगरको घुस्की डुबानमा

Fm Radio Link

हरिनगर, तिन दिनदेखि परेको अविरल वर्षाका कारण सुनसरीको हरिनगर गाउँपालिकाको अधिकांश गाँउ डुबानमा परेको छ । निर्माणाधिन सडक र नालामा हिलो र फोहोर थुप्रिँदा गाउँ नै कुरुप बनेको छ ।

 

हरिनगर गाउँपालिका को वडा नम्बर ६, ७ साबिकको घुस्की गाविस ९अर्नमा ० डुबानमा परेको छ । हरिनगर गाउँ पालिकाले ७ वटा मुख्य सडकमा निर्माणको काम गरिहेकै बेला हरिनगर बासी हिलो पानीमा हिंड्न बाध्य भएका छन् । हरिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको भुटाहा बजार पनि डुबानमा परेको छ ।

 

दक्षिणवर्ती जनताहरु को मुख्य केन्द्र बिन्दु रहेको भुटाहा, घुस्की र हरिनगर बजार पनि अहिले डुबानमा परेका छन् । हरिनगरको दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परेका छन् ।

 

सानो वर्षापछि नै जलमग्न हुने हरिनगरमा दुई दिनसम्म परेको अविरल वर्षाले आक्रान्त बनाएको छ । चिया पसल, इलेक्ट्रोनिक तथा शैलुन र काठमिल लगायतका स्थानमा पानीको ताल नै बनेको छ ।

प्रतिकृया दिनुहोस