• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

संसद सरकारको छायाँ भएको काँग्रेसको आरोप

Fm Radio Link

काठमाडौं,नेपाली काँग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रुपमा सीमिति हुँदै गएको आरोप लगाउनुभएको  छ ।

 

आजको प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवनमा पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले सरकारको छायाँको रुपमा सीमिति भएको संसदका सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो ।

 

प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुशरण गरेको उहाँको टिप्पणी थियो । उहाँले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने धारणा राख्नुभयो ।

 

 एकपटक फेरि संसद नेपालको सरकारको छायाँका रुपमा सीमिति भएको छ , सभामुखले स्वतन्त्र भुमिका निर्वाह गर्न सक्नुभएको छैन । संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? भन्दै थापाले प्रश्न गर्नुभयो ।

 

 सर्लाहीका दुई भिन्न भिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्नेतर्फ सचेत हुनुपर्नेमा नेताको थापाको जोड थियो । 
 

प्रतिकृया दिनुहोस