• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

संसद बैठक आज पनि अबरुद्ध

Fm Radio Link

काठमाडौं, सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि प्रतिनिधिसभामा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरेका छन् । बैठक सुरु भएलगत्तै सिटबाट उठेका कांग्रेस र राजपा सांसदलाई सभामुख महराले बोल्न समय दिनुभएन ।

 

माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो’ भन्दै सभाुमख महराले बोल्न समय नदिएपछि  काँग्रेस र राजपाका सांसदहरुले बिरोध गरिरहे । काँग्रेस र राजपा सांसद उठिराखेपछि सभामुखले बैठक अगाडि बढाउनुभयो ।

 

लगत्तै काँग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिए । नाराबाजीकै बीच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका संबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिनुभएको थियो ।

 

संसदमा काँग्रेस र राजपाका सांसदको बिरोध नहटेपछि संसदको अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ । 

प्रतिकृया दिनुहोस