• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

छोरी जन्माउनेलाई एक लाख पुरस्कार 

Fm Radio Link

कालिकोट, कालिकोटको खाँडाचक्र नगरपालिकाले दुई छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुस्कार दिने भएको छ ।

 

एक वा दुई छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई अधिकतम एक लाख रुपैयाँ दिने नगरपालिकाले घोषणा गरेको हो । पालिकाले यसअघि नै आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममै यो पुरस्कार दिने व्यवस्था गरेको छ ।

 

यो पुरस्कारले छोरी नै छोरा सरह होे भन्ने सन्देश जाने र जनसंख्या नियन्त्रणमा पनि टेवा पुग्ने नगरपालिकाले जनाएको छ । प्राय : गरिब परिवारमा यो बढि बच्चा जन्माउने र आर्थिक भार बढ्ने भएकाले गरिबी पनि हट्ने उदेश्य नगरपालिकाको छ ।

 

यो पुरस्कार छात्रवृत्ति स्वरुप आगामी आर्थिक वर्षदेखि वितरण गरिने नगरपालिकाका प्रमुख प्रशासकिए अधिकृत काशिराज पंगेनीले सीआईएसँग बताउनुभयो । यसले लेगिंक समानता कायम गर्दै भु्रणहत्य रोक्न सहयोग पुग्ने पंगेनीको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस