• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

अबको केहीदिन देशभर वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना

Fm Radio Link

काठमाडौं, अबको केहीदिन देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेकाले दुई तीनदिन देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको हो ।

 

केही स्थानमा भारी वर्षा हुने र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ महाशाखाले सूचना निकालेर जानकारी गराएको हो । वर्षाका कारण हुने जोखमबाट बच्न सचेतता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

 

यसैबीच, महाशाखाले आगामी तीनदिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाले जारी गरेको सूचना अनुसार आज दिउँसो देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

आज राति देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली भइ वर्षा हुनेछ । देशका अधिकांश भू भागमा वर्षाको सम्भावना छ । देशको केहि स्थानमा रातिपनि भारी वर्षा हुनेछ । 
 

प्रतिकृया दिनुहोस