• २०७६ असोज २७ सोमबार / Monday, October 14
Skip Advt.

सर्लाही घटनालाइ लिएर संसद बैठक अबरुद्ध 

Fm Radio Link

काठमाडौं, सर्लाही घटनालाई लिएर विपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् ।

 

सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर काँग्रेस तथा राजपा दुबैले सरकारबाट जवाफ माग गरे । आजको संसद बैठकको सुरुमा नै काँग्रेस सांसद पुष्पा भुषालले सरकारले संविधान र कानुन विपरित निर्दोष मान्छे मार्दै हिडेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । बारम्बार मानब अधिकार उल्लङ्घनका घटना किन हुन्छ < भन्दै उहाँले सरकारसंग जवाफ माग गर्नुभएको थियो ।

 

लगत्तै बोल्नुभएका राजपा सांसद राजकिशोर यादवले पनि एउटै माग राख्नुभयो । राजपा तथा काँग्रेसका सांसदहरुको माग पछि संसदमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनुभयो । जवाफ दिदै गृहमन्त्री थापाले विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नै भएको दाबी गर्नुभयो ।  गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको र  त्यसक्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको गृहमन्त्रीको दाबी थियो ।

 

५ असारमा सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको मृत्यु भएको थियो ।  यस्तै सर्लाही ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर बालक अमितकुमार साहको मृत्यु भएको थियो । त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सरोजनारायण यादवको मृत्यु भयो ।

 

यस बिषयमा संसद मा उठेको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि न्यूनतम बल प्रयोग गरिएको र सोही क्रममा उनको मृत्यु भएको दाबी गर्नुभयो । गृहमन्त्रीले दुबै घटनाको बारेमा संसदमा जवाफ दिएपनि चित्त बुझ्दो नभएको भन्दै दुबै दलले संसंदीय समिति मार्फत छानविन गर्नुपर्ने माग गर्दै संसद अबरुद्ध पारे । 

प्रतिकृया दिनुहोस