• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

माइक्रोबसको ठक्करबाट महिलाको मृत्यु, टाउको र शरिर नै अलग

Fm Radio Link

कैलाली, कैलालीको राजीपुरमा बसको ठक्करबाट स्थानिय ५० बर्षीय गौरी नेपालीको मृत्यु भएको छ । मृतक नेपाली गौरीगंगा नगरपालिका वडा नम्वर ४ राजिपुरकी स्थानिय हुन । 

 

धनगढीबाट नेपालगञ्ज तर्फ गइरहेको बा ५ ख ४०३१ नम्वरको माईक्रोबसले उनलाई ठक्कर दिएलगतै उनको घटनास्थलमै मृत्यु भएको हो । माईक्रोबसको ठक्करबाट उनको टाउको र शरिर नै अलग भएको छ । माईक्रोवस र चालक राजु गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चौमलाले जनाएको छ । 

 

स्थानीयले विरोध गर्दै पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
 

प्रतिकृया दिनुहोस